FAQs Complain Problems

नगरपालिका का कर्मचारी र वड़ा सचिवहरुलाई सुचनाको हक सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

आज मिति २०७२-०३-१९ गतेका दिन जलेश्वर नगरपालिका कार्यालयको आयोजना र LGCDP कार्यक्रमको सहयोगमा नगरपालिकाका कर्मचारीहरु र वडा सचिव हरुलाई एकदिने सुचनाको हक सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ..कार्यकारी प्रमुख श्री चन्द्रशेखर शर्मा ज्युको संयोजकत्वमा सम्पन उक्त कर्यक्रम सामाजिक शाखा प्रमुख श्री वसन्त नारायण ठाकुरज्युले संचालन गर्नुभएको थियो..सो क्रममा सहजकर्ताकोको रुपमा प्रशिक्षक द्य बाल अधिकृत एवं पुर्व मिडिया कर्मी श्री के.आर बिजय दाहाल र पत्रकार श्री राकेश कुमार चौधरी ज्युले कर्मचारीहरुलाई सुचनाको हक सम्बन्धि अभिमुखीकरण प्रदान गर्नुभएको थियो र प्रशिक्षक जलेश्वर नगरपालिकाका ICTV इ.महेश अचार्य ज्युले सुचनाको हकको ब्यबहारिक प्रयोग र सहजताको लागि अपनाउन सकिने बिभिन्न प्रविधिको वारेमा अभिमुखीकरण प्रदान गर्नुभयो