FAQs Complain Problems

न्यायिक कार्य समिति शुभारम्भ

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट तयार भई मन्त्रीपरिषदबाट पारित गरी संसदमा पेस गरिएको विधेयकअनुसार अधिकारक्षेत्र तोकी न्यायिक समितिलाई विवाद निरूपण गर्न संविधानको धारा २१७ बमोजिम नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ  सोहि अनुरुप आज मिति २०७५/११/१९ गते आइतबार यस नगरपालिकाका प्रमुख श्री राम शंकर मिश्र ज्युको संयोजकत्वमा बैठक बसी स्थानीय सरकार संचालन ऐन अनुसार न्यायिक कार्य समितिको शुभारम्भ गरियो ।न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्नेछन् । नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नेछ ।

 न्यायिक कार्य समितिमा  तपशिल अनुसारका पदाधिकारी रहेका छन् ।

संयोजक  (उप-प्रमुख)                                श्री मनचुन देवी 

सदस्य  (वडा अधक्ष )                                 श्री लोकेन्द्र लाल कर्ण 

सदस्य (कार्यपालिका सदस्य )                     श्री राम स्नेही कुमारी