FAQs Complain Problems

News

नगर विकास कोष र जलेश्वर नगरपालिका बीच स्मार्ट वसपार्क आयोजनाका लागि रु. ११ करोड ४० लाख ७२ हजारको ऋण सम्झौता सम्पन्न |

नगर विकास कोष र जलेश्वर नगरपालिका बीच स्मार्ट वसपार्क आयोजनाका लागि रु. ११ करोड ४० लाख ७२ हजारको ऋण सम्झौता सम्पन्न !!!

नगर विकास कोषले व्यवस्थित शहरीकरणमा नगरपालिकाहरुलाई आर्थिक तथा समाजिक पूर्वाधारका आयोजनाहरुमा वित्तिय सहयोग प्रदान गर्ने उद्देश्य अनुरुप जलेश्वर नगरपालिकामा स्मार्ट वसपाक आयोजनाका लागि मिति २०७८ आषाढ १४ गते नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र जलेश्वर नगरपालिका नगर प्रमुख श्री राम शंकर मिश्र बीच रु. ११ करोड ४० लाख ७२ हजार ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

कूल अनुमानित लागत रु. १५ करोड २० लाख ९६ हजार रहेको यस आयोजनामा कोषको ७५ प्रतिशत ऋण र नगपालिकाको २५ प्रतिशत लगानी हुनेछ । कुल १ विघाहा ११ कठ्ठा क्षेत्रफलमा निर्माण हुने यो वसपार्क छिमेकी मुलक भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गर्ने वसहरुको ट्रान्जिट पोइन्टको रुपमा व्यवस्थित गन्तव्यको रुपमा विकास हुनेछ । निर्माण कार्य शुरुवातको १८ महिनामा सम्पन्न हुने लक्ष्य रहेको यस व्यवस्थिति वसपार्कबाट प्रत्यक्षरुपमा जेलश्वर, पिपरा, मटिहानी सहित आसपासका न.पा.हरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।